भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी

मंगलबार, ०२ असार २०७७, १३ : ३५
भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा भारतका एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो । सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।

समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस