दोलखामा केन्द्रविन्दु भएर पराकम्प

रासस

मंगलबार, ०२ असार २०७७, ११ : ३८
दोलखामा केन्द्रविन्दु भएर पराकम्प

काठमाडौँ । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई पराकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो । उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस