कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, १५ : ५१
कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । 

यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।