कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, करिब ८० लाख संक्रमित

एजेन्सी

सोमबार, ०१ असार २०७७, १३ : २८

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख २९  हजार ३०९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख ६ हजार ५११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५५४ जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)