तनहूँ र नवलपुरमा गरि ६ जनामा कोराना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, ०७ : ४९
तनहूँ र नवलपुरमा गरि ६ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौँ । तनहूँ र नवलपुरमा गरि गण्डकी प्रदेशमा सोमबार बिहानै ६ नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या २०५ पुगेको छ ।

तनहूँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४५, २२, २७, २७, र ४६ वर्ष उमेर समुकहका ५ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितलाई तनहूँकै शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको निर्देशनालयले उल्लेख गरेको छ ।

यस्तै, नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बसेका २० वर्षिय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।