पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उपचारको लागि बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०७७, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते