क्वारेन्टिनमा सरसफाईको काम गर्ने श्रीमान–श्रीमतीमा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १५ : १७
क्वारेन्टिनमा सरसफाईको काम गर्ने श्रीमान–श्रीमतीमा कोरोना संक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङमा रहेको क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । उनीहरु श्रीमान–श्रीमती हुन् । 

योसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताएका छन् ।