बालुवाटार विरुद्ध कसरी शुरु भयो आन्दोलन ?

'अमेरिकी दूतावासको मुख्य प्रायोजनमा युवाहरूको असंगठित तर सुनियोजित आन्दोलन देशभर सुरु गरिएको आरोप'

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, ०९ : ४५
बालुवाटार विरुद्ध कसरी शुरु भयो आन्दोलन ?

काठमाडौं । तीन दिन यता प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलन शुरु भएको छ । यो आन्दोलन अहिले बालुवाटारमा मात्र केन्द्रीत छैन, देशभर विस्तारित हुदैंछ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै सर्वसाधारण भोक र रोगका सवालमा सरकारले लिएको नीतिमा मात्र होइन अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पाैरेसन (एमसिसि) सँगको कम्प्याक्ट सम्झौताका विरुद्दमा पनि आन्दोलनमा उत्रन सक्ने ठानी गृह मन्त्रालयले आन्दोलनमा उत्रनेलाई ६ महिना जेल देखि जरिवानासम्मको घोषणा गरेको छ ।

तर पनि जनता बेप्रभावी रुपमा सडकमा आन्दोलनमा उत्रिएका छन् । सडक आन्दोलनमा उत्रिएकाले कसैले पनि कुनै दलको झण्डा ब्यानर बोकेका छैनन् । सामाजिक सन्जालको माध्यमबाट गरिएको एउटै आव्हनले विस्तारित रुप लिदै अहिले ब्यापकता पाउन थालेको छ । तीन दिन यताको प्रर्दशन पछि नै सरकार अत्तालिएको छ । क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको, मान्छेको मृत्युपछि मात्र पिसिआर परिक्षण गराईएको, ज्ँयूदो अवस्थामा पिसिआर परिक्षणमा राज्यले ध्यान नदिएको र स्वास्थ्य सामग्री खरिदमा समेत अनियमितता भएको भन्दै नागरिकले सरकारसँग खर्चको हिसाब माग्दै सडक तताउन थालेका छन् ।

तर सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओली कानमा तेल हालेर सुने नसुेन झै बसिरहेका छन् । उल्टै उनको दाबी सरकारले राम्रो काम गरेको, यति कुनै पनि सरकारले गर्न नसक्ने जिकिर गरेर बसिरहेका छन् । संसदमै उनको प्रस्तुती हास्यास्पद र समस्या प्रतिको ग¥ैहजिम्मेवार पूर्ण अभिब्यक्तिका रुपमा आउन थालेको छ ।  नेकपाका नेताहरु नै समेत प्रधानमन्त्रीको यस्तो शैलीसँग सहमत देखिन्नन् ।

ओली भने गज्जब भईरहेको, सव ठिकठाक चलिरहेको ओठे जवाफ दिईरहेका छन् । कोरोना संक्रमण सरकारको गलत नीतिका कारण झण्डै ५ हजार (सम्मभवत : आजको रिर्पोट आउदा सम्म ५ हजार पूग्न सक्छ)  पुग्न लागेको छ । तर पनि सरकारको कुनै प्रभावकारी योजना छैन । ८० दिन लकडाउन गर्दा सम्म सरकारले खासै प्रभावकारी काम देखाउन सकेन् । तर अब लकडाउन खुकुलो बनाउने सरकारी निर्णय आईसकेको छ । यसले संक्रमणको दरसंख्या हवात्तै नबढ्लान भन्न सकिन्न ।

कसरी शुरु भयो सडकमा आन्दोलन 
अहिले सडकमा देखिएको आन्दोलन संगठित रुपमा कुनै राजनीतिक दलका नेता कार्यकर्ताले चलाएका आन्दोलन होइन् । पछिल्ला दिनमा नेपालमा पनि सामाजिक सन्जालका माध्यममार्फत स्वःस्फूर्त सर्वसाधारण जम्मा भई आन्दोलन हुन थालेको छ । यो बालुवाटार देखि देशभर सल्किदै गएको आन्दोलनको रुपमा पनि सामाजिक सन्जालको एउटै आव्हाननले काम गरेको देखिएको छ ।

आफुलाई अभियन्ता बताउने इशानको आव्हानमा आन्दोलनको शुरुआत भएको देखिन्छ । भिडियोग्राफी र अडियोग्राफीमा रुची राख्ने २५ वर्षिय इशानले विभिन्न चरणमा शुरु गरेको अभियानले अहिले आकार ग्रहण गरेको देखिएको छ ।  उनले ५ वर्ष यता सामाजिक सन्जालमा यस्ता आवाज उठाउदैं आएको देखिन्छ । आफ्नो थर समेत परित्याग गरेको बताउने उनले सिंहदरबारमा रंग पोत्ने र शासकको आँखा खोल्ने देखि अन्य विभिन्न योजनाहरु गर्दै आईरहेका छन् । लकडाउन पछि लावालस्कर श्रमिकहरु घर हिडेरै फर्किरहदा उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसम्मलाई श्रमिकहरुलाई सुरक्षित घर पठाउन अपिल गरे ।

त्यति मात्र होइन, सरकार एक पछि अर्काे भ्रष्टाचार काण्डमा फस्ने, क्वारेन्टाइनमा नेपालीहरुको यातनागृहका रुपमा रहेको समाचार आउन थालेपछि उनलाई लाग्यो– ’इनफ इज इनफ’ अर्थात् ’अब त अत्ति भयो’ ।  उनले केही दिनअघि इन्स्टाग्राममा एउटा पोस्ट लेखे– कोरोना भाइरसविरूद्ध सरकारले राम्रो काम नगरेको भन्दै सडकमा जान को को तयार हुनुहुन्छ ? फेसबुक लिंक पठाउनु होला । केही घन्टामै ४०० जनाले ’म सडकमा जान तयार छु’ भन्दै लिंक पठाए । अनि उनले फेसबुकमा गुप्र बनाए– कोभिड १९ नेपाल : ‘इनफ इज इनफ’ ।

त्यसपछि शुरु भएको हो यो आन्दोलन । तर यसलाई कतिपयले एमसिसि कम्प्याक्ट संसदबाट पास गराउनका लागि विषयान्तर गर्ने उद्देश्यले तीन दिन यता अमेरिकी दूतावासको मुख्य प्रायोजनमा युवाहरूको असंगठित तर सुनियोजित आन्दोलन देशभर सुरु गरिएको आरोप पनि लगाएका छन् । युएस एम्बेसी युथ काउन्सिलका नाममा अमेरिकी दूतावासले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेटेर नेटवर्क सञ्चालन गर्दै आएको छ । हो, त्यसै मार्फत् सुरु गरिएको नेतृत्व विहीन आन्दोलनलाई अमेरिकी दूतावासले भित्री रूपमा साथ सहयोग र सञ्चालन गरिरहेको आरोप कतिपयको छ ।

यस अघि वर्ल्ड बैंकको प्रायोजनमा समृद्धि फाउन्डेसन नामक आइएनजिओमार्फत् मुख्य भूमिकामा सुरु भएको “गरी खान  देऊ“ भन्ने अभियानमा पनि उच्च माविका विद्यार्थी संगठित गरिएको थियो । तिनै विद्यार्थीलाई लिएर पछि विवेकशील भन्ने अमेरिकी लबीमा दल गठन गरिएको थियो । अहिले पनि शहरी विद्रोह जस्तो देखाउन खोजी लकडाउन आक्रान्त मानिसहरूलाई ध्यान विकर्षण गराई देशभर एकैसाथ सुरु गरिएको कुनै सिद्धान्त र नेतृत्व नभएको यो आन्दोलनमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको छ भने यो आन्दोलनको अन्तर्यमा तनावकै बीचमा एमसिसि पास गराउन मार्ग प्रशस्त गर्ने रणनीति रहेको हुन सक्ने आशंका पनि गरिएकोले सचेत हुनुपर्ने आवाज पनि उठेको छ ।