‘स्पेनिस ला लिगा फुटबल’ प्रतियोगिता आजबाट शुरु हुँदै

एजेन्सी

विहीबार, २९ जेठ २०७७, १० : ४७
‘स्पेनिस ला लिगा फुटबल’ प्रतियोगिता आजबाट शुरु हुँदै

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार (आज) रातिदेखि सुरु हुँदैछ । गत मार्चदेखि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको यो सिजनका खेलहरु शुरु हुन लागेको हो ।

प्रतियोगिता बन्द रंगशाल भित्र कडा सावधानीसहित खेलाईने बताईएको छ । खेल नेपाली समय अनुसार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबिच हुनेछ । यो खेल नै कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग पुनः सुरु हुने पहिलो खेल बन्ने छ ।

आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने गरी यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ । तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने बताईएको छ 

स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु हुन लागेको हो । स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका थिए।२७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस