कैलाली । सुदूरपश्चिम प्रदेशका १२५ कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचार भइरहेको छ ।
यसअघि १८ जना निको भइ घर गइसकेका छन् भने २ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारीअनुसार प्रदेशमा ९१६६ जनाको स्वाब संकलन गरिएको छ भने ७४८३ जनाको पीसीआर मेसिनबाट जाँच गरिएको जनाएको छ ।
७३३८ जनाको रिपोर्ट नेगेटिभ छ भने १४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।
जसमा १८ जना निको भएर घर गएका र २ जनाको मृत्यु पश्चात हाल १२५ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, ०९ : १०
लेखकबाट थप