चितवनकी एक नर्समा पनि कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १८ : ४८
चितवनकी एक नर्समा पनि कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा आज पुष्टि भएका ३० जना कोरोना संक्रमितमध्ये एकजना नर्स पनि रहेको पुष्टि भएको छ । भरतपुर महानगरपालिका–४ की २१ वर्षीया हुन् । 

३० जनामध्ये दुई जना चिकित्सक पनि रहेका छन् । दुई जना  निजी अस्पतालमा कार्यरत भनिए पनि अस्पतालको नाम खुलाइएको छैन् । 

आज भेटिएका ३० जनामा २३ जना चितवनका छन् भने अन्य बाहिरी जिल्लाका छन् । हिजो आइतबार करिव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै रहेको भरतपुर कोभिड अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस