कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १७ : १८
कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । 

स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

उनको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म १४ जना कोभिड–१९ को कारणले मृत्यु भएका छन् ।