चिकित्सकसहित चितवनमा आज २३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १५ : ३८
चिकित्सकसहित चितवनमा आज २३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा आज २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पतालले दिएको जानकारीअनुसार ती मध्ये चितवनको एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सक रहेका छन् । चितवनका १७, नवलपुरका ५ र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

भरतपुर कोरोना परीक्षण प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गरिएको हो ।