यी हुन् कोरोनाले नछोएका सात वटा जिल्ला

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, १३ : १८
यी हुन् कोरोनाले नछोएका सात वटा जिल्ला

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । कूल ७७ जिल्लामध्ये सात वटा जिल्ला मात्र कोरोनामुक्त छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ वटा जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । प्रदेश २ का सबै आठवटै जिल्लामा कोरोना संक्रमण देखिइसकेको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवामा मात्र संक्रमण देखिएको छैन । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा कोरोना संक्रमण पाइएको छैन ।

प्रदेश ५ का १२ जिल्लामध्ये रोल्पा मात्र कोरोनामुक्त छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा कोही संक्रमित भेटिएका छैनन् । सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ । ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । शनिबार साँझसम्मको तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ हजार २३५ पुगेको छ । यीमध्ये ३६५ जना संक्रमणबाट मुक्त भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस