प्रजातान्त्रिक विचार समाजले गर्यो ईच्छाकामना गाउंँपालिकालाई आर्थिक सहयोग

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०७७, १८ : ४९
प्रजातान्त्रिक विचार समाजले गर्यो ईच्छाकामना गाउंँपालिकालाई आर्थिक सहयोग

चितवन । चितवनको एकमात्र गाउंँपालिका ईच्छाकामना गाउंँपालिकालाई प्रजातान्तित्रक विचार समाज चितवनले  ५१ हजारको चेक हस्तान्तरण गरेको छ । 

शनिबार भरतपुरमा शिक्षकसंघको कार्यालय परिषरमा संस्थाका अध्यक्ष डाक्टर देवी प्रसाद कंडेल सहितले गाउंँपालिकाका अध्यक्ष गिता गुरुङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन । समाजले चितवनको एकमात्र गाउंँपालिकालाई क्वारेण्टाइन व्यवस्थापन र दैनिक ज्याला मजदुरको लागि  सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको बताएको छ । 

चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष डाक्टर कंडेलले सरकारले पर्याप्त रुपमा कोरोना भाइरसको जोखिम न्यूिनकरणमा खासै ध्यान दिन नसकेको अवस्थामा क्वारेटाइन व्यवस्थापन सहज पुगोस भन्ने हेतुले सहयोग गरिएको बताए । ‘यो गाउंँपालिका चितवनको विकट ठाउंँ हो, त्यहांँ श्रोतसाधन पनि कम छ। पिछडिएका वर्गको बाहुल्यता छ ।’ डाक्टर कंडेलले भने ।  विगतमा पनि अध्यक्ष गुरुङ्गले पहल गरेको अलपत्रहरुको उद्धार कार्यको प्रशंसा गर्दै यो सहयोगबाट थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे  । 

चेक ग्रहण गर्दै गाउंँपालिकाका अध्यक्ष गुरुङ्गले यो सहयोगले आफूलाई थप दायित्व र उर्जा मिलेको बताइन । गाउंँपालिकामा आन्तरिक श्रोत साधन कम भएको र बिशेषगरी पिछडिएका वर्ग बस्ने भएकोले उनीहरुको लागि दैनिक उपभोग्य वस्तु तथा क्वारेण्टाइनमा बस्ने व्यत्तिहरुको लागि खर्च गरिने उनलेबताइन । ‘विभिन्न संस्थाहरुबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त हुदै आएको छ उनले भनिन, गाउंँपालिकामा रोग तथा भोकले कोही नमरुन भन्ने हाम्रो  उद्धेश्य हो ।’ उनका अनुसार विदेशबाट आएका क्वारेण्टाइन र ज्याला मजदुरको राहतको लागि खर्च गरिनेछ । गुरुङ्गका अनुसार हालसम्म गाउंँपालिकाले त्यहांँ रहेका ४ हजार ५सय ज्याला मजदुरलाई राहत वितरण गरिसकेको छ । 

समाजका सचिव सुरेशचन्द्र आचार्यले गाउंँपालिकामा रहेका काम र माम नपाएका ज्याला मजदुर लाई लक्षित गर्दै उक्त पालिका छनौट गरिएको बताए । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि समाजका कन्द्रीय उपाध्यक्ष वडाक्टर ईश्वरीराज लौडारी, वागमती प्रदेश संयोजक भरत दवाडी तथा संस्थाका पदाधिकारी एवं डाक्टर, वकिल , प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस