चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षा चुनौती

एजेन्सी

शुक्रबार, २३ जेठ २०७७, १९ : ०४
चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षा चुनौती

काठमाडौं । चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको चुनौती देखिएको छ । उक्त फोन मार्फत अनाधिकृतरुपमा प्रयोगकर्ताहरुको मोवाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियतामाथि प्रश्न उठाएको मात्र नभई साइवर सुरक्षाको चुनौति समेत थपेको विज्ञहरुको ठहर छ । 

विभिन्न अध्ययनहरुले देखाएअनुसार यो फोन खासगरी साओमी एमआई १०, साओमी रेडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको अनुभवी साइवर सुरक्षा अधिकारीहरुले पत्ता गायतका छन् । स्मार्ट फोन बजारमा साओमी विश्वकै चौथो नम्वरमा पर्दछ । 

फोब्स पत्रिकाको एक जिज्ञासामा सो कम्पनिले भने गोपनियता र सुरक्षा आफ्नो प्रमुख चासोको विषय भएको उल्लेख गर्दै त्यस्तै समस्याका बारेमा आफूलाई जानकारी नभएको प्रतिकृया दिएको छ । साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा बाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका हुन् । यो  घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य ह्रास आउने बिश्लेषण अध्ययनहरुको छ ।

साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको र त्यसले लाखौं प्रयोगककर्ताको गोपनियता भंगहुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ । साओमी कम्पनिले भने सो मोवाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो बाहिरिएको स्वीकार गरेको छ । 

साओमीको एउटामात्र नभई धेरै सिरिजका फोनहरुमा यो समस्या देखिएकोले प्रायेगकर्तामा मनोवैज्ञानिक त्रास त देखिएको छ नै त्यो भन्दापनि बढी आगामी दिनमा ती बाहिरएका गोप्य डाटाहरुले पार्ने प्रभाव झनै चुनौतिपूर्ण हुने उल्लेख गरिएको छ । उक्त फोनको प्रयोगकर्ताहरुका सबै गतिविधी ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निश्कर्ष  अनुसन्धानकर्ताहरुले निकालेका छन् । 

साओमी सँगको सहकार्यमा यी डाटाहरु जो सुकैले पनि पाउने र प्रयोग गर्न सक्ने देखिएको फोब्र्सको समाचारमा उल्लेख छ । उक्त समाचारमा जनाइएअनुसार साओमीका एकजना ग्राहक आफूले बोकेको साओमीको फोनसेट सहित फोब्र्सको कार्यालय पुगेका थिए । त्यसपश्चात फोब्सले यो बिषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस