शिव लामिछानेको स्वरमा ‘नर्स’ प्रति समर्पित संदेशमुलक गित यूट्युबमा सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, ११ : १९
शिव लामिछानेको स्वरमा ‘नर्स’ प्रति समर्पित संदेशमुलक गित यूट्युबमा सार्वजनिक

चितवन । कोरोना भाइरस (कोभिड १९) को त्रासमा पनि घरपरिवार, आफन्तको चिन्ता नगरि विशुद्ध मानव धर्ममा खटिएका स्वास्थ्यकर्मीसंगै नर्स प्रति समर्पित रहेर शिव लामिछाने (सिवाज) को स्वरमा संदेशमुलक गित यूट्युबमा म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।

गोपाल देवानको शब्द रहेको गितमा न्यूह बज्राचार्यको रचना र गोपाल रसाईलीको संगित रहेको छ । ५ मिनेटको उक्त म्यूजिक भिडियो सहितको गित पुरै नर्स प्रति समर्पित रहेको छ । कोभिड १९ संग लडिरहेका बिरामीहरुको उपचारमा रिस्क लिएर भएपनि उनीहरुले गर्ने रेखदेख, उपचारलाई लिएर नर्सहरुलाई ‘मानवताको विश्वसुन्दरी’को रुपमा चित्रित गरिएको छ ।

नाइटिंगेलको आदर्श बोकेर रुपमा नभई गुण र मानवतामा फुल्ने फुल भनि वर्णण गरिएको छ । सेवा नै धर्म हो भन्ने भावले ओतपोत भएको गितमा शब्दहरु नर्सहरु प्रति भावविह्हल हुने गरि रचना गरिएको छ ।

 भिडियो हेर्नुहोस :
 

 

 

प्रतिक्रिया दिनुहोस