थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १६ : ४३

काठमाडौं । नेपालमा कोरोनो भाइरस (कोभिड– १९) का कारण थप एक जनाको मृत्यु भएको छ । २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको  हो ।

आज बिहीबार नियमित मिडिया ब्रिफिङममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनी केही दिन अघि भारतबाट आएका थिए । उनको पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको हो । 

योसँगै नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।