थप ३३४ जनामा कोरोनो संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, १६ : ३७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३४ जनामा कोरोनो भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ ।

आज बिहीबार नियमित मिडिया ब्रिफिङममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ ।