थप १६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, ०७ : ५०
थप १६ जनामा कोरोना भाइरस सक्रमण पुष्टि

काठमाडौं । बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

गण्डकी प्रवेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागलुङका १० जनामा कोरोना संक्रमण भएको छ । उनीहरु १६ देखि ३३ वर्षसम्मका रहेका छन् ।  यसैगरी स्यांजाका १, म्याग्दीका १ र पर्वतका ४ जना रहेका छन् ।  योसँगै गण्डकी प्रदेशकमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस