आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, ०८ : ३७
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा हाल आंशिक बदली रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले पनि मौसम बदली भइरहेको हो । मंगलबार दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । । प्रदेश १ का थोरै स्थानमा मेघगर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति देशका अधिकांश स्थान अर्थात प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने छ ।


 

प्रतिक्रिया दिनुहोस