Safal Khabar - ज्येष्ठ नागरिक भत्ता बाढ्न काठमाडौँ महानरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
ज्येष्ठ नागरिक भत्ता बाढ्न काठमाडौँ महानरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा
सोमबार, १९ जेठ २०७७, १९ : ४७
ज्येष्ठ नागरिक भत्ता बाढ्न काठमाडौँ महानरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा

काठमाडौँ । लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको  व्यवस्था गरेको छ । धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सुरक्षा अपनाएर जनप्रतिनिधिले घरमानै भत्ता दिने व्यवस्था गरेका हुन ।

कामपाको ३२ वडामा स्थायी बसोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई घरमै भत्ता प्रदान गरिँदै आएको छ । यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।  

महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पु¥याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ । केही वडाले वितरण शुरु गरेका र केहीले तत्कालै शुरु गर्ने तयारीमा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भत्ता वितरणको लागि कामपाले  रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको छ । अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई कामपाले विषेश भत्ता उपलब्ध गराएको थियो ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस