काठमाडौं । विदेशबाट फर्किएका नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्न तारे र अन्य होटेलहरूले १५ सयसम्ममै कोठा दिने भएका छन् ।
तारे होटेलहरूले गत जेठ १२ गते होटेलका कोठालाई क्वारेन्टाइन बनाउन सहमत भए पनि शुल्क महँगो भएपछि सरकारले घटाउन माग गरेको थियो । होटेल संघ नेपाल (हान)ले आइतबार पर्यटक स्तरका होटेलहरूले प्रतिबेड १५ सयमै राख्न दिने निर्णय गरेको छ ।
एउटा कोठामा एकजना मात्रै बस्दा भने २ हजार रुपैयाँ तिर्नुपर्ने छ । यो शुल्कमा होटलहरूले दिनको चारपटक पौष्टिक आहारसमेत खुवाउने हानका महासचिव साजन शाक्यले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ जेठ २०७७, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा विदेशबाट नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
विदेशमा अध्ययनरत नेपालीबाट बाहिरियो करिब ४३ अर्ब
किन सधैँ विमान विदेश डाइभर्ट ?
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि