वातावरण प्रदुषण गर्दै जयश्री खाद्य उद्योग, त्यसले गर्ने प्रदुषणका कारण स्थानीयहरु समस्यामा

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १७ : ३७
वातावरण प्रदुषण गर्दै जयश्री खाद्य उद्योग, त्यसले गर्ने प्रदुषणका कारण स्थानीयहरु समस्यामा

नवलपुर । गैंडाकोटमा रहेको जयश्री खाद्य उद्योगले उद्योगबाट निस्कने फाहोर सिधै जयश्री खोलामा बगाएको छ । उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन नगरी सिधै खोलामा फाल्न नपाइने नियम भएपनि उद्योगले सिधै ढल खोलामा बगाएर संक्षणमा निकै ठूलो चुनौती सृजना गरेको स्थानीयहरुले बताए । कारखानाले फाल्ने ढल र त्यसको धुँवा र त्यसबाट आउने आवाजका कारण स्थानीय वासीन्दाहरुले निकै समस्या भएको गुनासो गरेका छन् । कारखाना सञ्चालकले कारखानाबाट निस्कने भुषको कालो खरानी समेत खोलामा फालेका छन् ।  

कारखानाबाट निस्कने यस्ता खाले फोहोर खोलामा बगाउँदा त्यसले जलचर तथा थलचरमा ठूलो असर गर्ने संरक्षण कर्मीहरु बताउँछन् । यस्ता उद्योगहरुले फालेको फोहोर खोला हुँदै नारायणी नदीमा पुग्ने र त्यसको पानी दुशित हुँदा नदीमा आश्रित गोही, माछा लगायतका जलचर र निकुञ्जमा रहेका गैंडा हात्ती बाघ लगायतका थलचरमा ठूलो असर गर्ने चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन् । 

वातावरण प्रदशण गर्ने यस्ता खालका उद्योगहरुलाई स्थानीय सरकारले उनीहरुले गरेको कसुरका आधारमा कारबाही गर्नुपर्ने र आगामी दिनमा यस्तो नगर्ने प्रतिवद्धता जनाउन आवश्यक रहेको संरक्षण कर्मीको भनाइ छ । कुनै पनि स्थानमा उद्योग स्थापना भइसकेपछि त्यसले स्थानीय बासिन्दालाई रोजगारी दिनु पर्नेमा यो उद्योगले त्यस्तो नगरेको बुझिएको छ । 

स्थानीय केहीलाई लेवरका रुपमा मात्रै जोखिम युक्त बाहिरी काममा लगाउने गरेको र बाँकी  अन्य भित्री कर्मचारी भने सबै भारत तथा तराइका जिल्लाबाट ल्याएर लगाएको स्थानीयले बताए । चामल उत्पादन गर्ने यो उद्योगले लकडाउनका बेला भारतबाट सस्तो चामल ल्याएर यहा पोलिस गरेर महंगोमा बेच्ने गरेको स्रोतको दाबी छ ।
 

प्रतिक्रिया दिनुहोस