थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १६ : ३६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।