काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संकटको बेला सन्तुलित बजेट ल्याइए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । उनले बजेट महत्वाकांक्षी भने नरहेको बताए ।
प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नेता पाण्डेले बजेटको आकार घटाएर ल्याइनुले पनि यो महत्वाकांक्षी नरहेको र सबैलाई समेट्न खोजेको बताए । राजश्वमा आउने गिरावट र खर्च गर्ने क्षमतामा आउने कमीलाई ध्यानमा राखेर बजेट आएको पाण्डेले बताए ।
पाण्डेले बजेटमा भएका व्यवस्था कार्यन्वयनको अनुगमन गर्न अर्थमन्त्रालयबाटै एउटा अनुगमन संयन्त्र बनाउन समेत सुझाव दिए । उनले खाद्यान्न आयात कम गर्नका लागि कृषिमा बजेटले गरेको व्यवस्था उत्साहजनक रहेको बताए ।
उनले कृषि वस्तु आयातमा लाग्ने सेवा शुल्क बढाएर ९ प्रतिशत बढाउनु आन्तरिक उत्पादन वृद्धिका लागि सकारात्मक रहेको बताए । चालु आर्थिक बर्षमा फलफुल, पिठो, पानको पात, चामल दाललगायताक कृषि उपज आयातमा ४५ अर्ब भन्दा बढी खर्च भएको भन्दै सत्तारुढ नेकपा सांसद पाण्डेले आन्तरिक उत्पादन बढाउन सक्नुपर्ने बताए ।
नेता पाण्डेले कृषि क्षेत्रमा बजेट भने कम भएको बताए । ‘कृषिमा बजेट कम भएको हो कि जस्तो लागेको छ । कृषि उपजको मूल्य तोक्ने कुरा त गर्यौं तर, किनिदिने कसरी रु त्यो प्रष्ट छैन’ पाण्डेले भने ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने