काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७र७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने ‘सम्पत्ति स्वयं घोषणा गर्न दिऔं, कालोसेतो नभनौं एकचोटीलाई’ उनले भने ‘सबैले सम्पत्ति अभिलेखीकरण गरौं । त्यो गर्यो भने राजस्व बढ्छ ।’
यसअघि भट्टराई अर्थमन्त्री भएका बेला २०६५ सालमा पनि सम्पत्तिको स्वघोषणा गर्ने योजना ल्याएका थिए ।
अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति देखिएको भन्दै उनले नागरिकको सबै सम्पत्ति अभिलेखीकरण गरी कर लगाउनुपर्ने बताएका हुन् । व्यवसाय गर्यो भने कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्नुपर्ने भट्टराईले बताए ।
उनले शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न दिन नहुने भन्दै यसमा सबै दायित्व राज्यले लिनुपर्ने पनि बताए ।
उनले लगानीकर्तालाई भने ‘मुनाफाका निम्ति शिक्षा र स्वास्थ्यमा नगर्नुस्, बरु कृषि, ऊर्जामा गर्नुहोस् । शिक्षा र स्वास्थ्य सेवा र परोपकारको क्षेत्र हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०७७, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई