चीनमा बनेको कोरोना भाइरसको भ्याक्सिन यस वर्ष बजार आउन सक्ने

एजेन्सी

आइतबार, १८ जेठ २०७७, ०७ : ०९
चीनमा बनेको कोरोना भाइरसको भ्याक्सिन यस वर्ष बजार आउन सक्ने

फाईल फोटो

काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर  फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ ।