Safal Khabar - कर्णालीमा भयावह बन्दै कोरोना, थप ६३ जनामा पुष्टि
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
कर्णालीमा भयावह बन्दै कोरोना, थप ६३ जनामा पुष्टि
शनिबार, १७ जेठ २०७७, २३ : २४
कर्णालीमा भयावह बन्दै कोरोना, थप ६३ जनामा पुष्टि

कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेले जानकारी दिए ।  

उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् । 

Yeti Diistillery

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस