पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, १९ : ००
पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा । पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा  सुगौलीका २२ वर्षीय २ जना, २५ वर्षीय २ जना  र ३६ वर्षीय १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएको पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । 

यस्तै आजै बिहान पनि पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।