थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या २१९ पुग्यो

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, १६ : २७

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

शनिबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २१९ पुगेको छ ।