एजेन्सी । एयर इण्डियाका पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको छ। शनिबार बिहान दिल्लीदेखि मस्को उडेको एयरबस (ए ३२० नियो भिटी इएक्सआर)का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।
उडानअघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि जान दिएका थिए। तर पछि अर्का व्यक्तिले पुनस् चेक गर्दा गल्ती भएको थाहा भयो। त्यतिञ्जेल विमान उज्बेकिस्तान पुगिसकेको थियो। त्यहीबाट विमानलाई फिर्ता बोलाइएको हो।
भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो। उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाउन लागेको टाइम्स अफ इण्डियाले जनाएको छ।
चालकदल फर्किएलगत्तै क्वारेन्टिनमा पठाइएको छ। अहिले विभिन्न राष्ट्रमा रहेका आफ्ना नागरिकलाई फर्काउन एयर इण्डियाको विमान प्रयोग गरिएको छ। हरेक विमान उड्नुअघि चालकदलको कोरोना परीक्षण हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै