काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालीमाटी मातहत क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना परीक्षण नेगेटिभ आएको छ । गत ७ जेठमा दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त नै सिल गरिएको थियो ।
उनीहरुमा संक्रमण पुष्टि भएसँगै वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई सिल गरेर कोरोना भाइरसको संक्रमणको आशंकामा २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेकोमध्ये ९ जनाको रिपोर्ट आउन बाँकी छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार २३१ मध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् । बाँकी ९ जनाको रिपोर्ट पनि नेगेटिभ आएमा सबैलाई आ–आफ्नो जिम्मेवारीमा फर्काइने एसएसपी ज्ञवालीले बताए ।
यस्तै, कोरोना संक्रमण भएका दुवै प्रहरी सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ अस्पतालबाट रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला