काठमाडौं । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृत्यु भएको जानकारी दिनुभयो ।
घाइते विष्टको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र घाइते बुढाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनासँग सम्बन्धित मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ जेठ २०७७, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन