थप १९ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या २०६ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १६ : ४२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना जितेर घर फर्किएका छन् ।

आज शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २०६ पुगेको छ ।