थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १६ : ३६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।