भोकले बेहोस भइ मृत्यु भएका युवकको कोरोना नेगेटिभ

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १६ : ११
भोकले बेहोस भइ मृत्यु भएका युवकको कोरोना नेगेटिभ

धनुषा । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते  बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।

चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका–९ का  ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो । उहाँका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । 

यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई रु एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।