चीनसंगको सीमा विवादका कारण मोदीको मूड ठीक छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी

शुक्रबार, १६ जेठ २०७७, १० : ००
चीनसंगको सीमा विवादका कारण मोदीको मूड ठीक छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसंगको सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मूड ठीक नरहेको बताएका छन् ।   केही दिन यता चीन र भारतबीच जारी सीमा विवादका कारण प्रधानमन्त्री मोदीको मूड ठिक नरहेको उल्लेख गर्दै ट्रम्पले त्यसको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको दोहोर्‍याए ।

उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’ चीनसँगको सीमा विवादबारे भारतका प्रधानमनत्रीसँग आफूले कुरा गरेको ट्रम्पले बताए । ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् । 

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए । चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मुड ठीक छैन ।’ ट्रम्पले भने, ‘यो विषयमा भारतसंगै चीन पनि खुसी नरहेको औंल्याए ।  गत बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस