कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु  ५५ लाख संक्रमित

एजेन्सी

विहीबार, १५ जेठ २०७७, १७ : ३७
कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु  ५५ लाख संक्रमित

जेनेभा, स्वट्जरल्याण्ड । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 

गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८ हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त  प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९२४ जना संक्रमति  रहेका छन् भने, १ लाख ४५ हजार ८१० जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।  डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको जनाइएको छ । 

 विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ । (रासस/एएनआई)