बजेटमा बढेन बृद्धभत्ता

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : ५७
बजेटमा बढेन बृद्धभत्ता


काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि साढे ६७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ । तर यसवर्ष वृद्धभत्ता भने बढेको छैन ।

बिहीबार अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै उक्त बजेट बिनियोजन गरिएको बताए ।
उनले सामाजिक सुरक्षा भत्तालाई जीवनचक्रमा आधारित बनाइने बताउँदै अपांग, एकल महिला, लोपन्मुखलगायतका विशेष सुरक्षा दिइने बताए ।

प्रतिक्रिया दिनुहोस