काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस ९कोभिडङ–१९० को संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका जानकारी अनुसार आज बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १५ : ०२
लेखकबाट थप