सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १२ : १८
सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सिरहा । सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका अनुसार बरियरपटि  गाउँपालिका वडा ४ जना ३७, २८,२९,३३ वर्षीय पुरुष र औरहि गाउँपालिकाका १ र लक्ष्मी पुर पतारी गाउँपालिकाका १ जनामा गरी जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

योसँगै सिरहामा  कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जस्मा २ जना प्रहरीरहेका छन् ।