थप एक जना कोरोना संक्रमितको ज्यान गयो, स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि आज गर्ने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, ०८ : ००
थप एक जना कोरोना संक्रमितको ज्यान गयो, स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि आज गर्ने

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट ललितपुरका एक ५९ वर्षीय पुरुषको ज्यान गएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको हो । 

अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको बताए ।  मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको निर्देशक बज्राचार्यको भनाइ छ। मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् ।  मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस