आज थप २८ जना कोरोना संक्रमित घर फर्किए, निको हुनेको संख्या १८३ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, १६ : ३७

काठमाडौं । नेपालमा आज विहीबार थप २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

आजको नियमित पत्रकार सम्मेलनमा स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार २१ जना पर्साका, कोसी अस्पतालबाट उदयपुरका ४ जना, दुई जना बाँकेबाट र बर्दियाबाट १ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या १८३ पुगेको छ ।