काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।
नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
नेपाल र चीनका राष्ट्रपति तहकै सहमति अनुसार चीनले सर्भे टोली सगरमाथा शिखरमा पठाएको हो । नेपाली सर्भे टोलीले एक वर्षअघिनै सबैभन्दा तल्लो सतह सिराहाको माडारदेखि सगरमाथा शिखरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरिसकेको छ ।
नेपाल एक्लैले सगरमाथाको उचाई मापन गर्ने भनेर अघि बढेकै बेला गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका बेला दुवै देशले आ आफ्नो मोहडाबाट उचाइ नापेर संयुक्त रुपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।
दुई देशका राष्ट्रपतिको सम्झौतामै परेको विषय भएकाले दुवै देशले सगरमाथाको उचाई संयुक्त रुपमा सार्वजनिक गरिने भूमि व्यवस्थामन्त्री पद्म अर्यालले बताइन् । नेपालले डाटा प्रोसेसिङको ५÷७ प्रतिशत बाहेक अरु काम सकेर अब चीनतर्फको मापनको काम टुंगियोस भनेर पर्खिएको मन्त्री अर्यालले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १० प्रतिशतले बढ्यो
सगरमाथाको काखमा शिक्षाको ज्योति
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन, सगरमाथा दिवस मनाइँदै
दुवै खुट्टा नभए पनि जो सगरमाथाको शिखरमा पुगे
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण