रौतहटमा एकैपटक ३५ जनामा कोरोना पुष्टि, भारतबाट आएका थिए

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, १३ : ४१

रौतहट । बुधबार रौतहटमा एकैपटक ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिए । 
बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ ।