म्यानमारको राखिन राज्यमा पुनः विस्फोटको क्रम जारी

शनिबार, १२ फागुन २०७४, १४ : ३९
म्यानमारको राखिन राज्यमा पुनः विस्फोटको क्रम जारी

याङ्गुन । म्यानमारको राजधानीबाट पश्चिमी भागमा पर्ने राखिन राज्यमा शनिबार बिहान सवेरै चार वटा बम विस्फोट भएको छ ।
यस विस्फोटहरुमा परी एक प्रहरीसहित दुई व्यक्ति घाइते भएका राष्ट्रपति कार्यलयले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शनिबार विहान ५ः४७ बजे सो विस्फोट गराइएको थियो । बम विस्फोट गराइएको इलाकाहरुमा अदालतलगायत आवासिय परिसर, प्रशासन विभाग कार्यालय र जिल्ला र भूमि सुधार विभागका कार्यालयहरु रहेका सरकारी अधिकारीहरुले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् ।

म्यानमारको उत्तरी राज्य शानमा गत बुधबार भएको एक बम विस्फोटमा परी दुई महिलाको मृत्यु हुनको साथै अन्य एघार घाइते भएको केही दिनपछि पुनः राखिन राज्यमा विस्फोटको घटना भएको छ ।
म्यानमारमा पछिल्ला केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए । गएको अगष्ट २५ देखि देश छोडेर भागेका छ लाख भन्दा बढी शरणार्थी बङ्गलादेशको कोक्स बजार शरणार्थी भएर बसेका छन् ।
बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच छलफलल सुरु भएको भनिएता पनि यसको खास प्रगति भने भएको छैन ।

राखिन राज्यमा नै यस म्यानमार र बङ्गलादेशमा उच्च अधिकारीबीच शरणार्थी ् फर्काउने विषय वार्ता भएको नै बेलामा पुनः विस्फोटको घटना भएको छ ।

यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिनाभित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका जनाइएको छ ।

खासगरी केही शरणार्थीहरु बंगलादेश जानेक्रममा र अरु केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरु रहेका छन् । शरणार्थी फर्काउने सम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता भएको म्यानमारको सरकारी समाचार समिति बताएको छ ।

विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट छ लाख भन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए । यसरी भागेका शरणार्थीहरु अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।

म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ््ख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ । विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ ।

विश्वभरबाट म्यानमारको शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई महिना अघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस