पाँच लाखको कोरोना परीक्षण तयारी

पत्रपत्रिकाबाट

बुधबार, १४ जेठ २०७७, ०८ : १०
पाँच लाखको कोरोना परीक्षण तयारी

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार भने “पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ ।” उनले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस