अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु

शनिबार, १२ फागुन २०७४, १३ : १७
अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु

काठमाडौँ । भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।

बेष्ट बालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले विद्यालय तहदेखि युवालाईनै खेलकुदमा संलग्न गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ज्ञान मन्दिर बालाजु र मनास्लु विद्यालय नयाँ बजारबीच उद्घाटन खेल भएको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको खेलमा ज्ञान मन्दिरले सोझो सेटमा जीत हासिल गरेको क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस