भारतबाट आएका थिए बारामा आज भेटिएका २६ संक्रमित

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १५ : ३४
भारतबाट आएका थिए बारामा आज भेटिएका २६ संक्रमित

बारा । बारामा सोमबार पुष्टि भएका २६ जना कोरोनाभाइरस संक्रमित सबै भारतबाट आएको खुलेको छ । यससँगै रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौले रौतहटका थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुुष्टि गरेको हा । 

राजपुर नगरपालिकाका विभिन्न वडाका २५ जना र इशनाथ नगरपालिकाका १ जनागरी २६ जनामा थप संक्रमणको पुष्टि भएको हो । सक्रमित सबैजना भारतको बिभिन्न शहरबाट काम  गर्दै लकडाउन पछि रौतहट आएका थिए । 

भारतबाट नेपाल आउनासाथ उनीहरुलाई सुरक्षा निकायले सीमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको रौतहटका सिडिओ बासुुदेव घिमिरेले बताए ।

क्वारेन्टाइनमा बस्दै आएका मध्ये राजपुरको ९६  र इशनाथ नगरपालिकाको २७ जना गरी  एकसय २३ जनाको स्वाब गत ६ गते जाँचका लागि काठमाण्डौ पठाएकोमा २६ जनाको पोजेटिभ पुुष्टि भएको सिडिओ घिमिरेले जानकारी दिएका छन् ।